इक्यान अध्यक्षमा लक्ष्मण पौडेलको सशक्त दावेदारी, यस्तो छ उनको प्यानल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न २०औं साधारणसभा तथा निर्वाचनमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले अध्यक्ष पदका लागि आफ्नो सशक्त दावेदारी प्रस्तुत गरेका छन् । आगामी पुस २८ गते हुने साधारणसभाका लागि पुस २२ गते मंगलबार मनोनयन दर्ता गरेका छन् ।

ग्रेस इन्टरनेशनल अर्गनाइजेसनका सञ्चालक पौडेल बिगत करिब २० वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर सक्रिय छन् । काठमाडौंसहित देशभरका मुख्य शहरहरूमा शाखा विस्तार गरी हजारौं विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएका पौडेल व्यवसायीहरू माझ अनुभवी र टिमवर्कमा विश्वास गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै पौडेलले इक्यानको गरिमा बढाउन र व्यवसायीहरूलाई आफ्नो पेशाप्रति गौरव महसुस गराउन आफू चुनावी मैदानमा उत्रिएको बताए । ‘सामूहिक इफोर्ट र टिमवर्कका माध्यमबाट इक्यानलाई व्यवसायीहरूको बलियो छाता संगठन बनाउने मेरो लक्ष्य हो,’ उनले भनेका छन् ।

शैक्षिक परामर्श क्षेत्रलाई एक मर्यादित र व्यवस्थित पेशाको रूपमा स्थापित गर्ने, संस्थाभित्र अकाउन्टेबिलिटी र पारदर्शिकतालाई कडाइका साथ लागू गर्ने, परामर्श व्यवसायीहरूले राज्यको कर प्रणालीमा पु¥याउँदै आएको योगदानलाई स्थापित गर्दै राज्यसँग समन्वयकारी भूमिका खेल्ने उनले जनाएका छन् ।

‘म शैक्षिक परामर्श व्यवसायी हुँ भन्दा गौरव लाग्ने वातावरण बनाउनु मेरो मुख्य ध्येय हो,’ उनले भनेका छन्, ‘व्यवसायीका हकहितको संरक्षण गर्दै इक्यानलाई सबैको साझा र विश्वसनीय अभिभावक बनाउन मेरो टिम प्रतिबद्ध रहनेछ ।’ इक्यानको यो २०औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

यस्तो छ पौडेलको प्यानल

अध्यक्ष : लक्ष्मण (एन्ड्रयु) पौडेल
उपाध्यक्ष : गीता शिवाकोटी (गीताञ्जली), वासु देव दाहाल र पुष्पराज भट्टराई (डाक्टर)
महासचिव : नवराज के.सी.
सचिव : एल.बी. तामाङ (गोले) र भूपाल के.सी.
कोषाध्यक्ष : साधना पुडासैनी
सह-कोषाध्यक्ष : भीमबहादुर थापा
सदस्यहरु : दिनेश पौडेल, भेषराज राय (भीष्म), प्रभात पौडेल र शिव प्रसाद अर्याल

You might also like

Comments are closed.