काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते काठमाडौंमा हुन लागेको २०औं साधारणसभाले इक्यानको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
पौडल हाल इक्यानको प्रथम उपाध्यक्षको जिम्मेवारीमा छन् । प्रथम उपाध्यक्ष भएर काम गरेकाले आफू अध्यक्षको स्वभाविक दावेदार रहेको पौडेलले बताए ।
‘देशभरका इक्यान मेम्बरहरुको सल्लाह तथा आग्रहमा नै म अध्यक्षको उम्मेदवार बन्दैछु,’ उनले भने, ‘मलाई अध्यक्षमा विजयी गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’ बलियो इक्यान बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘इक्यानलाई अझ बलियो, एकताबद्ध र दिगो संस्थाको रूपमा अगाडि बढाउने स्पष्ट प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दछु,’ उनले उम्मेदवारी सार्वजनिक गर्दै भनेका छन् । पौडेल ग्रेस इन्टरनेशनलका सञ्चालक हुन् ।




Comments are closed.