लक्ष्मी बैंकले थप्यो पोखरामा २ नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौं – लक्ष्मी बैंकले पोखरामा २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिका – ११ स्थित मनिपाल अस्पताल र वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सांलनमा ल्याएको हो । योसँगै बैंकका एक्स्टेन्सन काउन्टको संख्या १६ पुगेको छ ।

५० जिल्लामा १४४ शाखा सञ्जाल, ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्ट पुगेको बैंकले जनाएको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बताएको छ ।

You might also like

Comments are closed.