काठमाडौं । लक्ष्मी बैंकले लेखनाथ शाखाको प्रथम वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं. २८ मा अवस्थित लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण एवं वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हालै उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामगी्र बितरण गरिएको थियो ।
अभिभावकहरु, विद्यालय सञ्चालक समितीका पदाधिकारीहरु र शिक्षकहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेशका प्रदेश कार्यालयका कर्मचारीहरु तथा लेखनाथ शाखाका कर्मचारीहरुका साथै विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका र विद्यालय सञ्चालक समितिका पधाधिकारीहरुको उपस्थिति थियो ।
Comments are closed.