यूएसएडले लक्ष्मी बैंकमार्फत् ४ करोड ५० लाख डलर कर्जा लगानी गर्ने

काठमाडौं । यूएसएडले लक्ष्मी बैंकमार्फत् ४ करोड ५० लाख अमेरिकी डलर कर्जा लगानी गर्ने भएको छ ।

नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख (५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) अमेरिकी डलर कर्जा लगानी गर्ने भएको हो ।

लक्ष्मी बैंकलाई‌ दिइने कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले स्वीकृत गरेको छ । सन् २०१६ मा यूएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको थियो । त्यसबेला ५०‌ लाख अमेरिकी डलर ९६५ करोड २८ लाख ३९ हजार रुपैयाँ० लगानीको सहमति भएको थियो ।

लघु तथा मझौला कृषि उद्यमको प्रवर्द्धनको लागि यूएसएआइडीले दिने ४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर ९३२ करोड ६४ लाख १९ हजार रुपैयाँ)अमेरिकी डलर‌कर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने डेभलपमेन्ट क्रेडिट अथोरिटीको वेबसाइटमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.