काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एशोसिएट सदस्य समन्वय समितिको कोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न ११औं साधारण भेलाबाट उनी कोषाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । उनी यरुस कन्स्ट्रक्सनकी सञ्चालक हुन् ।
त्यसैगरी समितिको संयोजकमा मुकेश पन्त र सह-संयोजकमा एनसी शेर्पा निर्वाचित भएका छन् । उनीहरु पनि निर्विरोध निर्वाचित गरेको हुन् ।
संयोजकमा निर्वाचित पन्त यस अघि नेपाल निर्माण व्यवसायी महासंघको एसोसिएट उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
Comments are closed.