पोखरा । नेपालमा Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले WADA अटो शो २०२६ मा आकर्षक र विशेष अफर घोषणा गरेको छ।
लक्ष्मी ग्रुपलेताल बाराही चोक, लेकसाइड, पोखरामा जारी वाडा अटो शो मा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि सीमित अवधिको विशेष अभियान ल्याएको छ। चैत ११ गते शुरु भएको अटो शो चैत १५ गतेसम्म चल्नेछ ।
Forthing Friday मा ७ लाख रुपैयाँसम्मको लाभ रहेको छ । प्रिमियम इलेक्ट्रिक SUV फोर्थिङ फ्राइडे ६४.४ kWh क्षमताको उत्कृष्ट ब्याट्री, १८५ mm ग्राउण्ड क्लियरेन्स र WLTP अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम EV सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ—उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन प्रस्तुत गरेको छ।
Forthing का साथै, लक्ष्मी ग्रुपले WADA अटो शोमा आफ्नो Hyundai र Kaiyi लाइनअपमा पनि आकर्षक अफर ल्याएको छ। कम्पनीले पोखरेलीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।
लक्ष्मी ग्रुप नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्य उन्मुख गतिशीलता समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै ग्राहकहरूको मूल्य र स्वामित्व अनुभवलाई निरन्तर उकास्दै आएको छ।






Comments are closed.