काठमाडौं । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा आयोजना गरेको ‘लाक्सपेरिएन्स’ कार्यक्रम आज आइतबार पनि जारी रहनेछ । ग्रुपले भदौ ७ र ८ गते (शनिबार र आइतबार) कार्यक्रम आयोजना गरेको हो । बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम चल्नेछ ।
लक्ष्मी ग्रुप अन्तर्गत बिक्री हुने अटो ब्राण्डहरु हुन्डाई, बिएमडब्लु, केई र फर्थिङ ब्राण्ड कार्यक्रममा प्रदर्शनीमा राखिएको छ । कार्यक्रममा सहभागी भएर यी गाडी खरिद वा एक्स्चेन्ज गर्दा आकर्षक छुट तथा अफरको लाभ लिन सकिने जनाइएको छ ।
शनिबार पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र आइतबार त्यो उत्साहजनक सहभागिता अझै बृद्धि हुने लक्ष्मी ग्रुपले विश्वास लिएको छ ।
नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बनेको आयोजकको भनाइ छ ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध छन् । प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।
कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश छन् ।
Comments are closed.