काठमाडौं । लक्ष्मी अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ । आफ्ना ग्राहकलाई लक्षित गरी यो समूहले ‘लाक्स पेरिएन्स’ (LAX–PERIENCE) आयोजना गर्न लागेको हो ।
‘जोय, ड्राइभ, फुड’ नाराका साथ भदौ ७ र ८ गते (शनिबार र आइतबार) कार्यक्रम गर्न लागिएको हो । सिल्भर ओक, गैरीधारा, काठमाडौंमा दुवै दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम चल्नेछ ।
लक्ष्मी ग्रुप अन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडी उक्त कार्यक्रममा एउटै छानामुनी उपलब्ध हुनेछन् । प्रशिद्ध चार प्रख्यात ब्रान्डका गाडीहरू प्रदर्शनमा राखिनेछ भने अन्य आकर्षक कार्यक्रमहरु तय गरिएको छ ।
यी ब्रान्डहरूले प्रिमियमदेखि व्यावहारिकसम्मका विभिन्न मोडलहरू प्रस्तुत गर्नेछन् । जसले सबै वर्गका ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
लाक्स पेरिएन्स केवल गाडीको प्रदर्शनी मात्र नभएर एक पूर्ण मनोरञ्जनात्मक उत्सवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिने अवसर प्राप्त हुनेछ । लाइभ संगीतको आनन्द लिने र विभिन्न रमाइला खेलहरूमा सहभागी हुने मौका मिल्नेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ।
स्विमिङ र किड्स जोनः परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको जनाइएको छ । नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बिमासम्बन्धी जानकारी र थप रमाइला गतिविधिहरूले अवलोकनकर्तालाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
साथै, यो कार्यक्रम यस वर्षको बुबाको मुख हेर्ने दिन र हरितालिका तीजको अवसरमा परेकाले पारिवारिक जमघट र खुसीयाली साटासाट गर्ने उत्तम अवसर पनि हुने बताइएको छ । लक्ष्मी अटोमोटिभ डिभिजनले यस कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।
ग्राहक तथा सवारी साधन पारखीहरूका लागि यो एकै ठाउँमा विभिन्न विकल्पहरू हेर्न र अनुभव गर्न पाउने उत्कृष्ट अवसर हुनेछ। यो कार्यक्रमले लक्ष्मी अटोमोटिभ डिभिजनको ‘सबैका लागि केही न केही’ भन्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।
Comments are closed.