लक्ष्मी लघुवित्तका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । संस्थाको नियमित बैठकले उनलाई सिइओ नियुक्त गरेको थियो ।

नवनियुक्त सीईओ श्रेष्ठले सोमवारदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरी कार्य आरम्भ गरेका हुन् । श्रेष्ठले २०६९ वैशाखदेखि संस्थामा नायव महाप्रवन्धक भएर काम गरिरहेका थिए ।

उनी श्रेष्ठ २० वर्षदेखि वित्तीय क्षेत्रमा आबद्ध रहेका छन् । निर्धन उत्थान लघुवित्तबाट काम सुरु गरेका श्रेष्ठ आरएमडीसी र पूर्णिमा विकास बैैंकको उच्च तहमा बसेर काम गरेका थिए ।

श्रेष्ठले त्रिुभवन विश्वविद्यालयबाट व्यवस्थापन विषय, समाजशास्त्र तथा मानवशास्त्र विषय र ग्रामिण विकास (आरडी)मा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् ।

You might also like

Comments are closed.