लक्ष्मी लघुवित्त १२औं वर्षमा प्रवेश, संस्था सवल र सक्षम बनेको छः सिइओ शर्मा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. स्थापनाको १२औं वर्ष प्रवेश गरेको छ । संस्थाले मंगलबार ११औं वार्षिकोत्सव मनाएको छ । संस्थाले सोमबारबाट नै वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । शाखाहरुमार्फत रक्तदान, वित्तीय साक्षरता, सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, सरसफाइ लगायतका कार्यक्रम सम्पन्न भएका छन् । मंगलबार बिहान केक काटेर शुभकामना आदानप्रदानसहित वार्षिकोत्सव मनाएको छ । आज दिउसो संस्थाले अपांगता क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्ण ग्राहक, नियामक निकाय, सेयर धनी, शुभेच्छुक, शुभचिन्तक, मातृसंस्था लक्ष्मी बैंक लगायत सम्पूर्णमा आभार तथा धन्यवाद व्यक्त गरेको छ । समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुशरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरीबी न्युनीकरण र वित्तीय पहुँच अभिबृद्धिमा टेवा पुर्याउने प्रतिबद्धता संस्थाले गरेको छ ।

संस्थाले ५५ वटा जिल्लामा ७७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । ९६ हजार १ सय ३१ जना ग्राहकलाई सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए । संस्थाको बचत निक्षेप २ अर्ब २० करोड रुपैयाँ छ भने लगानीमा रहिरहेको कर्जा ७ अर्ब १६ करोड रुपैयाँ छ ।

jutta mela

लक्ष्मी बैंकको सहायक कम्पनीका रुपमा २०६७ मंसिर १४ गते सुरु भएको हो । २०६८ फागुन २३ गते राष्ट्रबैंकबाट सञ्चालन अनुमति पाएको संस्थाले २०६९ जेठ २२ गतेबाट विधिवत कारोबार शुभारम्भ गरेको थियो । लघुवित्तका क्षेत्रमा यो संस्था २३औं संस्थाका रुपमा स्थापना भएको हो । संस्थाको प्रधान कार्यालय महाराजगन्ज काठमाडौंमा छ ।

मध्य पहाडी जिल्ला नुवाकोटको बट्टार, दोलखाको चरिकोट र सिन्धुपाल्चोकको बाहुनेपाटीबाट संस्थालले सेवा सुरुवात गरेको थियो । सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने मान्यतासहित नेपालमै पहिलो पटक संस्थाले केन्द्रिकृत कोर बैंकिङ प्रणाली सफ्टवयरबाट कारोबार सुरुवात गरेको थियो । विभिन्न समस्या, चुनौति, महामारी, प्राकृतिक प्रकोप लगायतका समस्या झेल्दै संस्था आजको दिनसम्म आइपुगेको प्रमुख कार्यकारी अधिकृत शर्मा सम्झन्छन् । ‘आजको दिनसम्म आइपुग्दा संस्था सवल र सक्षम बन्न सफल भएको छ,’ उनले भने ।

You might also like

Comments are closed.