काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साउन १२ गते बसेको फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फण्डको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ। करसहित १५ प्रतिशत लाभांश घोषणा भएसँगै इकाईधनीहरूले सो अनुसार प्रतिफल प्राप्त गर्नेछन् ।
यो निर्णयले लगानीकर्ताहरूलाई उत्साहित बनाउने र म्युचुअल फण्डमा लगानीप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
Comments are closed.