काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा लालबहादुर तामाङ (एलबी) ले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने निर्वाचनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
‘सबल, सक्षम र पारदर्शी इक्यानः सम्पूर्ण व्यवसायीहरुको उत्थान’ नाराका साथ उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
अरिन इन्टरनेशनल एजुकेशन सर्भिसेसका सञ्चालकसमेत रहेका तामाङले इक्यानलाई प्रविधिमैत्री, मितव्ययी र पूर्ण रूपमा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहेका उनले संस्थाभित्र इमान्दारिता र पारदर्शिताको खाँचो औंल्याउँदै आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
संस्थाको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी बनाउने र फजुल खर्च कटौती गरी मितव्ययी बनाउने, वर्तमान समयमा शैक्षिक परामर्श व्यवसायीहरुले भोग्नुपरेका समस्याहरुको पहिचान गरी समाधानका लागि पहल गर्ने, संस्थाको कार्यप्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई छिटो र छरितो बनाउने लगायत प्रतिबद्धता उनको छ ।

‘आज शैक्षिक परामर्श क्षेत्र विभिन्न समस्याबाट प्रताडित छ । यी समस्या हल गर्न र संस्थालाई नयाँ उचाइमा पुर्याउन नयाँ योजना भएका उम्मेदवारलाई अवसर दिनुहुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।




Comments are closed.