लुम्बिनी विकास बैंकको सिइओमा पुनः नरेश सिंह बोहरा नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नरेश सिंह बोहरा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । बैंकमा ४ वर्षे कार्यकाल पुरा गरेका बोहरा पुनः थप ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनको दोस्रो कार्यकाल साउन २ गतेबाट लागु हुनेछ ।

बोहरासँग बैंकिङ क्षेत्रमा लामो अनुभव छ । नेशनल नारायणी फाइनान्समा सिइओ र सनराइज बैंकको डेपुटी सीइओको अनुभव संगालिसकेका उनले नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, यूनाइटेड फाइनान्समा पनि विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

बोहरासँग बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ ।

You might also like

Comments are closed.