एकै साथ थपिए लुम्बिनी विकास बैंकको ५ वटा शाखा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्धेश्यले मंसिर १९ गते थप पाँच शाखाको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं महानगरपालिका ६ नयाँ बानेश्वर चोकमा नयाँ बानेश्वर शाखा, ७४ औँ शाखाको रुपमा रुपन्देही को तिलोत्तमा नगरपालिका वडा नं. ५मा मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४, बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखा दाङ्गको घोराही उप – महानगरपालिका वडा नं. १५ बि.पि. चोकमा घोराही शाखा, र ७७ औँ शाखामा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरेका हुन् । घोराही शाखाको उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.