सहारा क्लबलाई लुम्बिनी विकास बैंकद्वारा आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल-बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकाले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गरे ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिति थियो ।

एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ८० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

You might also like

Comments are closed.