क्लाउड कम्पुटिङमा विद्यार्थीको दक्षता बढाउन लर्ड बुद्ध र जेनेसको सहकार्य

काठमाडौं । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीले बीएससी आइटी (आनर्स)को साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्प्युटिङको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्ने एल.बी.ई.एफ. ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष ई. पंकज जालानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘जेनेस क्लाउड एकेडेमी जेनेस सोलुसनको पहलमा क्लाउड कम्पुटिङमा विद्यार्थीलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो,’ उनले भने, ‘जेनेस क्लाउड एकेडेमीले सूचना प्रविधि र प्रवद्र्धनका विद्यार्थीलाई विभिन्न किसिमका उपकरण तथा स्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ । जुन उनीहरुले क्लाउड कम्पुटिङको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वयन गर्न सक्नेछन् ।’

क्लाउड कम्पुटिङको प्रयोग अहिले व्यावसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको सन्दर्भमा गरिएको साझेदारी प्रभावकारी हुने जालानको विश्वास छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङमा दक्ष जनशक्तिको ठुलो माग छ ।

यस क्षेत्रमा विश्वव्यापी रुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (एपियु), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बि.एससी.आइटी र बि.बि.एम. विषयमा अध्यापन गराउँदै आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको जालानले बताए । ‘यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वास लिएका छौं,’ उनले भने, ‘यस कार्यको लागि जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउँदा अत्यन्तै हर्षित छौं ।’ जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फुयालले यस्तो सहकार्यको आवश्यकता माथि जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी.सी.ए. र जी.सी.ए.का. सहयात्री संस्थाहरुमा इन्टर्नसिप गर्न पाउने बताए ।

सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवाल लगायतले बोलेका थिए । कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ती उपलब्ध हुने बताइएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृत्ती छनौट समितिले गर्नेछ ।

You might also like

Comments are closed.