लर्ड बुद्धका पूर्व विद्यार्थीको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अलुमीनी च्याप्टर’को स्थापना

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले पूर्व विद्यार्थीकोलागि ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अलुमीनी च्याप्टर’को स्थापना गरेको छ । कलेजले पूर्व विद्यार्थीका लागि आयोजना गरेको ‘पुर्नमिलन कार्यक्रम–२०२३’को अवसरमा सोको घोषणा गरेको हो ।

कलेजका अध्यक्ष पंकज जालानले यस अलुमीनी च्याप्टरको स्थापनाले कलेजबाट अध्ययन पूरा गर्ने विद्यार्थीबीच सम्पर्क बढाउने तथा एकअर्काबाट फाइदा लिन सहयोग पुर्याउन सफल हुने बताए ।

रमेश सुवालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय अलुमीनी च्यापटर गठन गरेको छ । साथै प्रसुनकुमार उपाध्यायलाई अष्ट्रेलिया, सचिन मल्ललाई क्यानडा, चन्द्र किशोर गौड र विपल्व पोखरेललाई अमेरिका, रञ्जीता मल्ल र विनयराज भण्डारीलाई बेलायत र रुपा मैनालीलाई जापानको लागि अलुमीनी च्यापटरको संयोजक तोकेको छ ।

jutta mela

सो कार्यक्रममा कान्तिपुर टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका पूर्व विद्यार्थी शिशिर पछाईलाई र युनियन लाईफ इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका मनोजकुमार लाल कर्णलाई कलेजले सम्मान गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियाका प्रमुख प्रशासिकीय अधिकृत गुरपरदिप सिंह रहेका थिए भने स्वागत मन्तव्य कलेजका प्रबन्ध निर्देशक प्रकाश कुमा केजरीवालले दिएका थिए ।

मुलुककै पहिलो सूचना प्रविधिमा अध्ययन अध्यापन गराउने यस संस्थाबाट हालसम्म करीब बाह्र हजार भन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन् ।

 

 

You might also like

Comments are closed.