महिला उद्यमीलाई सहुलियत दरमा कर्जा प्रवाह गरिने,लेउवा संघले सहजिकरण गर्ने

लेखनाथ ।
महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि नेपाल सरकारले अगाडी सारेको सहुलियत दरको कर्जा प्रवाहमा लेखनाथ उद्योग बाणिज्य संघले सहजिकरण गर्ने भएको छ ।

स्वदेशमा नै लगानी मैत्री वातावरण सृजना गर्ने उदेश्यले सरकारले अगाडी सारेको सहुलियत दरको कर्जा योजना अन्तर्रगत हातमा सिप हुने तर आर्थिक अभावका कारण ब्यवसायिक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्षित गरि यो योजना अगाडी सारिएको हो ।

योजना अन्तर्रगत समुहमा आउने महिला उद्यमीहरुले बिना धितो विभिन्न बाणिज्य बैकहरु मार्फत सहुलियत दरमा रु १५ लाख सम्म कर्जा पाउने ब्यवस्था रहेको जनाईएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमी परिचालन उप समिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले महिलाहरुलाई ब्यवसायी बनाउने उदेश्यका साथ अगाडी सारिएको यस योजनाको भरपुर उपयोग गरि स्वदेशमा नै रोजगारी सृजना गर्नु पर्ने धारणा राखे ।

त्यसैगरि कार्यक्रममा संघका पुर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला र कोषाध्यक्ष जानुका अधिकारी लगायतले महिला उद्यमीह्ररुलाई नेपाल सरकारले उपलव्ध गराउने सहुलित दरको कर्जा योजनामा सहभागी गराई लगानीको अभावमा व्यवसाय गर्न असमर्थ भएका महिला समुदायलाई उत्प्रेरित र लगानी अभावमा व्यवसाय गरिरहेका महिला उद्यमीहरुका लागि थप लगानी हुने हुदा सवैले यस योजनामा सहभागीता जनाउनुपर्ने धारणा व्यक्त गरे ।

You might also like

Comments are closed.