लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजना एवंम आन्तरिक राजश्व कार्यालय पोखराको आतिथ्यतामा बुधवर व्यवसायीहरुका लागि कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण व्यवसायको क्षेत्रमा परेको असरलाई मध्यनजर राख्दै नेपाल सरकारले ल्याएको कर छुटका सम्वन्धमा जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममा करको दायरा र विभिन्न क्षेत्रमा दिएको कर छुटका सम्वन्धमा जानकारी गराईएको थियो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले ब्यवस्थित तरिकाले लेखा प्रणाली राख्न नजान्दा अन्जानमा भोग्नु परेका समस्याका बारेमा जानकारी गराउदै अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखी नेपाल सरकारले ल्याएको कर छुटको उपयोग गरि असल ब्यवसायी बन्न पर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत कर्ण शिंह लामाले व्यवसायको क्षेत्रमा कोरना भाइरसका कारण परेको असरलाई मध्यनजर राखी नेपाल सरकारबाट विभिन्न शिर्षकमा २० देखि ७५ प्रतिशतसम्मको कर छुट ब्यवस्था गरेको जानकारी दिए ।
तालिम ब्यवस्थापन उप समितिका संयोजक विक्रम कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राजश्व परामर्श उप समितिका संयोजक रमानाथ पौडेलले कार्यक्रमको उद्देश्य र उपयोगीताका बारेमा जानकारी गराएका थियो भने संघका पुर्व अध्यक्ष सुमन भट्टराईले उद्योगी व्यवसायीहरुले कर सहयोगीकसंग मात्र निर्भर नभर्ई स्वमं व्यवसायीले लेखामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पूर्व अध्यक्ष भट्टराईले थोक व्यवसायीले पानमा दर्ता भएका फर्महरुलाई मात्र सामान विक्रि गरेमा स्वतः साना व्यवसायी दर्ता प्रकृयामा जाने कुरा पनि औंल्याए । कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।
Comments are closed.