लेखनाथ । वि.स. २०७१ सालमा लेखनाथ उद्योग वाणिज्य संघको साधारण सदस्य बनेका पोखरा–३१ का सोमराज सपकोटाको परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघले मृत्यु पश्चातको राहत रहत रकम प्रदान गरेको छ । सापकोटा राईसमिल संचालन गर्दै आएका सापकोटाको गत चैत्र २६ गते सडक दुर्घटनामा निधन भएयो थियो ।
संघले आफ्ना सदस्यहरुको हकहितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट स्व. सापकोटाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । संघले व्यवसायी सदस्यको हितका लागि समयसमयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै व्यवसायी सदस्य कै मृत्यु भएकामा ५० हजार र व्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।
संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बाबुराम गिरी, सुमनमोहन भट्टराई र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको प्रतिनिधि टोलीले बिहीबार स्वर्गीय सापकोटाको घरमा पुगी समवेदना प्रकट गर्दै नातीलाई सहयोग चेक प्रदान गरेका हुन् । स्वर्गीय सापकोटाका श्रीमती लिला सापकोटा, छोरा प्रकाश र अर्जुन छन् ।
यस अघि संघले आफ्ना दस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका चार जनाको परिवारलाई सहयोग गरिसकेको छ ।
Comments are closed.