लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित २०औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको आकर्षण देखिएको छ । बुधबार मात्रै १२ हजार दर्शकले महोत्सवको अवलोकन गरेको संघका महासचिव तथा प्रचारप्रसार संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
बुधबार महोत्सव स्थलमा ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ‘महोत्सवमा दर्शकको आकर्षण देखिएको छ,’ अधिकारीले भनिन्, ‘महोत्सवको बाँकी दिनहरुमा अझै बढी दर्शकहरुको उपस्थिति रहने हाम्रो विश्वास छ ।’
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ नाराका साथ आयोजित महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति समावेश गरिएको छ ।
पुस १८ गते सुरु भएको महोत्सव माघ १ गतेसम्म चल्नेछ । महोत्सवमा ३३६ वटा स्टल राखिएका छन् । सबै स्टलहरुमा दर्शकको उपस्थिति उत्साहजनक रहेको संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
Comments are closed.