lcci festival

लेखनाथ महोत्सव आज सुरु हुँदै, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित २१औं संस्करणको लेखनाथ महोत्सव आज सुरु हुँदैछ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

उद्घाटनको पूर्व सन्ध्यामा लेखनाथ क्षेत्रमा बृहत झाँकी ¥याली निकालिने कार्यक्रम छ । सयौं संख्यामा लेखनाथ तथा आसपासका क्षेत्रबाट झाँकी र्याली निकालिनेछ । स्थानीय जातजाति, संस्कृति, रीतिरिवाज झल्कने झाँकी र्यालीले लेखनाथको पहिचान स्थापित गर्न योगदान गर्नेछ । उत्कृष्ट झाँकीलाई संघले पुरस्कृतसमेत गर्नेछ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएर उद्घाटनको प्रतिक्षामा आफूहरु रहेको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् । आज सुरु हुने महोत्सव पुस १३ गतेसम्म चल्नेछ ।

महोत्सवको विशेष आकर्षणमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी ¥याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।

महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामुलक एवं सूचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहनेछन् ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकको अपेक्षा छ । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.