लेखनाथ उद्योग वाणिज्य संघले दियो सहकारी प्रशिक्षण

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले सहकारीको क्षेत्रका देखिएका विद्यामान समस्या र सहकारी अध्यादेशका बारेमा प्रशिक्षण दिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजनामा भएको सो कार्यक्रममा सहकारी तथा वित्तिय संघ संस्था समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल्सेनाले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा. रमेश चौलागाईले सरकारले ल्याएको अध्यादेशलाई पुर्ण रुपमा कायान्वय गर्ने हो भने अव सहकारीको क्षेत्रमा समस्या नआउने विश्बास दिलाएका थिए ।

साथै उनले विगतमा केही जाना जान त केही अन्जानमा सहकारी समस्यमा परेपनि अवका दिनमा त्यस खालका समस्या नआउन भन्नाको खातीर अध्यादेश आएकाले आगामी दिनमा समस्या नदोहोरिन गरि काम गर्न पनि अनुरोध गरे ।

सहकारीलाई सरकारको तर्फबाट उचित तरिकाले नियम्वन नगर्दा, नातावाद, राजनितीक पौच र निती भन्दा पनि ब्यवहारीक पक्षलाई ध्यानमा दिएर काम गर्दा समस्या उत्पन्न भएकाले यसको निराकरण गर्न सकियो भने सहकारीमा समस्या नआउने प्रशिक्षक चौलागाइएको भनाई थियो ।

संघको कार्यक्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष, सचिव, ऋण संयोजक र ब्यवस्थापकहरुका विच भएको प्रशिक्षण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला, महासचिव भरतराज ओझा र सहकारी समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल्सेना लगाएतले आ आफनो धारणा राखेका थिए ।

 

 

 

You might also like

Comments are closed.