लेखनाथ । भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन लेखनाथ उद्योग वाणिज्य संघले ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु २ लाख आर्थिक सहयोग जम्मा गरेको छ ।
यस विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउने संस्थागत दायित्व महसुस गर्दै आफूहरूले उक्त रकम जम्मा गरेको संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिइन् । विपद्को समयमा निजी क्षेत्रको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको उनले बताईन
भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको थियो। यस अपूरणीय क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ।
राष्ट्रिय विपत्तिको यस घडीमा राज्यको राहत प्रयासमा हातेमालो गर्न सम्पूर्ण उद्योगी, व्यवसायी र आम नागरिकलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत संघले हार्दिक अपिल गरेको छ।
बाढीमा परी ज्यान गुमाउनेप्रति संघले श्रद्धाञ्जली अर्पण गर्दै घरबारविहीन र घाइतेको शीघ्र उद्धार, उपचार तथा पुनस्र्थापनाको कामना गरेको छ।




Comments are closed.