पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट पोखरा–२७ का स्व. वशन्त न्यौपानेकोे परिवारलाई मृत्यु पश्चातको रहत रकम प्रदान गरेको छ ।
संघका साधारण सदस्य तथा बिभिन्न उप समितिहरुमा वसेर काम गर्र्दै आएका न्यौपानेको वैशाख ३० गते ७० वर्षको उमेरमा असामयीक निधन भएपछि शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघको एक प्रतिनिधी टोलीले स्व. न्यौपानेको परिवारलाई राहतकोषको ५० हजार सहयोग गरेको हो ।
संघले ब्यवसायी सदस्यको हक हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै व्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र व्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।
परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल सहित पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी,पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, वरिष्ठि उपध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपीचन्द्र वास्तोला, कोषाध्यक्ष जानुका पराजुली लगाएको टोलीले स्वर्गीय न्यौपानेको घरमा नै पुगी छोरी निर्मला तिवारीलाई सहयोग स्वरुपको चेक प्रदान गरेका हुन् ।
यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई सहयोग गरिसकेको छ ।






Comments are closed.