लेउवा संघका व्यवसायीलाई बजेटमा भएका नीतिगत परिवर्तन बारे जानकारी

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले लेखनाथ उद्योग वाणिज्य संघ अन्तर्गत रहेका व्यवसायीलाई भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७८/७९को बजेटमा उल्लेख भएका नितीगत परिवर्तन बारे जानकारी गराएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको अनुरोधमा भएको गोष्ठिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ब्यवसायमा परेका समस्यहरु प्रति राज्य पनि चिन्तीत रहेकाले ब्यवसायीहरुका हक हितका सवालमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए ।

राज्यले निजी क्षेत्रका ब्यवासायीहरुको हक हितका सवालमा यस आर्थिक वर्षको वजेटले नितीगत परिवर्तन र विभिन्न क्षेत्रमा दिएको छुटलाई भरपुर्ण तरिकाले उपयोग गरि व्यवसाय उत्थनका लागि अगाडी वढ्न अनुरोधगरेका थिए ।

jutta mela

लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति,राजश्व परामर्श उप समिति,सस्थगत सदस्यहरु तथा वस्तुगत र बजार ब्यवस्थापन उप समिति लगात बिभिन्न उप समितिहरुको सहभागीता रहेका बैठकमा संघका अध्यक्ष बलराम ढकालले जटिल अवस्थाको मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघ सदवै चिन्तीत रहेको र संघले विभिन्न तहमा कर छुटका सवालमा लविङ गर्दै कोभिडका कारणले मर्कामा परेका व्यवसायीहरुका पिर मर्काका वारेमा आवाज उठाउदै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको धारणा राखेका थिए ।

गोष्ठिमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगाएत पुर्व अध्यक्षहरुले पनि आफनो धारणा राखेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

You might also like

Comments are closed.