लेखनाथ । भदौ १८ र १९ गते हुने लेखनाथ उद्योग वाणिज्य संघको १३औं महाधिवेशनका लागि प्रथम उपाध्यक्षमा राजेन्द्र ओझाले उम्मेदवारी दिएका छन् । बर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेका ओझाले प्रथम उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
उनले यस अगाडि कार्यसमिति सदस्य र कोषाध्यक्षमा काम गरिसकेका छन् । कोषाध्यक्षको निर्वाचनमा उनले ८२ प्रतिशत मत प्राप्त गरेका थिए भने द्वितीय उपाध्यक्ष निर्विरोध भएका थिए ।
शुभकामना ट्रेडर्स, शुभकामना हार्डवयर, ए.एन.बि. ट्रेडर्स, अर्चले एग्रो टुरिजमका सञ्चालक ओझा डायमन्ड बोर्डिङ स्कुलका अध्यक्ष हुन् ।
नागरिक परोपकार समन्वय संस्था कास्कीका संस्थापक अध्यक्ष, सप्तगण्डकी रेडिमिक्सका संस्थापक अध्यक्ष, निर्माण सम्बद्ध व्यवसायी कास्कीका संस्थापक अध्यक्ष, लेखनाथ हार्डवेयर एसोसिएसनका संस्थापक अध्यक्ष, ओझा समाज सेवाका संस्थापक अध्यक्ष रहेका ओझा लायन्स लगायतका संघसंस्थामा आबद्ध छन् ।
Comments are closed.