लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको उपमहासचिवमा जानुका अधिकारीले उम्मेदवारी दर्ता गरेकी छन् । उनी बर्तमान कार्य समितिमा कोषाध्यक्ष भएर काम गरिरहेकी छन् । संघ स्थापनाको २३ वर्षको इतिहासमा उनी पहिलो महिला पदाधिकारी बन्न सफल भएकी व्यक्ति हुन् ।
पहिलो महिला पदाधिकारी बनेर संघमा इतिहास रच्न सफल भएकी अधिकारीले यही भदौ १८ र १९ गते हुने महाधिवेशनका लागि उपमहासचिवमा प्रस्तुत गरेकी छन् । उक्त पदमा पनि सानदार मतका साथ विजयी हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् । ‘उद्योगी व्यवसायीहरुको चाहना अनुसार नै मैले उम्मेदवारी प्रस्तुत गरेकी हुँ,’ उनले भनिन् ।
होराइजन कटेज एण्ड रेष्टुरेन्टका सञ्चलक अधिकारी रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको उपाध्यक्ष, नौलो तारा युवा क्लबको सल्लाहकार छन् । नारी विकास आमा समूहको पूर्व अध्यक्ष तथा नागरिक परोपकार समन्वय संस्थाको आजीवन सदस्य छन् ।
पपुलेसन, जेण्डर एण्ड डेभलपमेन्ट स्टडिजमा मास्र्टस गरेकी उनले एल.एल.बि.समेत गरेकी छन् । उद्यमशीलता विकास सहजकर्ता, सहकारी प्रशिक्षक प्रशिक्षण सहजकर्ता, मेलमिलाप सहजकर्ता, सामाजिक परिचालक परिचालन सहजकर्ता लगायतका तालिमसमेत उनले लिएकी छन् । संघको गरिमा उच्च बनाउँदै व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।






Comments are closed.