लेखनाथ महोत्सवको दोस्रो दिनसम्म ५० हजार दर्शकद्वारा अवलोकन

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सवमा २ दिनसम्म ५० हजार दर्शकले अवलोकन गरेका छन् । पहिलो दिन बिहीबार ४० हजार दर्शकले र दोस्रो दिन शुक्रबार १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार–प्रसार संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सवमा दोस्रो दिनसम्म १ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पहिलो दिन एक करोड रुपैयाँको र दोस्रो दिन १५ लाख रुपैयाँ बराबरको कारोबार भएको बास्तोलाले जानकारी दिए ।

jutta mela

महोत्सवको तेस्रो दिन शनिबार बिदाको दिन परेकाले दर्शकको अत्याधिक भिड लाग्ने आयोजकको विश्वास छ । शनिबार हास्यव्यंग्य तर्फ कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति रहनेछ । पप गायनतर्फ सहिमा श्रेष्ठ र वसन्त सापकोटाको प्रस्तुति रहनेछ भने दिउसो राजु परियार, राजन कार्की, टेक क्षेत्रीको विशेष प्रस्तुति रहने संघले जनाएको छ । गायनमा महिलातर्फ आयुसा गौतम, मञ्जु बिक, मधु चापागाईंको प्रस्तुति रहनेछ ।

महोत्सव अन्तर्गत शुक्रबार स्कुल स्तरीय सामुहिक नृत्य प्रतियोगिता अन्तर्गतका प्रस्तुतिहरु राखियो ।

फागुन २६ गते शुरु भएको १७औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् । लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धी भन्ने नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव चैत सात गतेसम्म संचालन हुनेछ । महोत्सव चैत ७ गते सकिनेछ ।

You might also like

Comments are closed.