व्यवासाय दर्ता, नविकरण र खारेजीका बारेमा छलफल

लेखनाथ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा शुक्रबार लेखनाथ क्षेत्र भित्रका उद्योग व्यवसायीहरुका लागि फर्म दर्ता, नविकरण तथा खारेजीका सम्वन्धी छलफल तथा अन्तरक्रिया भएको छ ।

उद्योग ब्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने गरि लेखनाथ उद्योग वाणिज्य संघसँग आवद्ध ब्यवसायीहरुका विच राखिएको कार्यक्रममा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले ब्यवसाय संचालन गर्दा ब्यसायीहरुले भोग्नु परेका समस्या र त्यसको निराकरणका लागि निर्देशनालय सहयोगीको भुमिका निभाउन तयार रहेको धारणा राखेका थिए ।

prime

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख दिनेश प्रकाश आचार्यले उद्योग धन्दा संचालनका लागि आवश्यक प्रक्रिया पु¥याउन सकेको खण्डमा राज्यबाट पाउने सुविधादेखि परामर्श समेत पाउन सकिने सुझाव दिए । गरि खाने वर्गको हक हितका सवालमा घरेलु तथा साना उद्योग कार्यालयले काम गर्दै आएको उनले बताए ।

विभिन्न क्षेत्रमा पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष छत्रधर आत्रेय र उपभोक्ता हित संरक्षण निर्देशनालयका मोहराज ढकालले ब्यवसाय संचालन गर्दा राज्यले अगाडी सारेका नीति नियम तथा परिधि भित्र रहेर काम गर्दा सहज हुने विश्वास व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.