लेखनाथ महोत्सव २०७९ को तयारीको क्रममा जनप्रतिनिधिसँग बैठक

लेखनाथ । लेखनाथ महोत्सव २०७९ को तयारीको क्रममा जनप्रतिनिधिसँग बैठक सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तिब्र गतिमा बढिरहेको छ ।

विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरी १८ औं संस्करणलाई अझ भव्य र विगतका महोत्सवहरु भन्दा फरक र व्यवस्थित बनाउनका लागि राय सुझाव संकलन कार्य जारी रहिरहेको अवस्थामा बुधवार मात्र साविक लेखनाथ नगरपालिका हाल पोखरा महानागरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिहरुसँग संघको सभाकक्षमा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुल संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको उक्त बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउनका लागि विगतका कमिकमजोरीलाई सुस्मरुपमा नियाली नयाँ नयाँ गतिविधि तथा प्रविधि प्रदर्शनी अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको लेखनाथ महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले दिएका छन् ।

You might also like

Comments are closed.