निजी क्षेत्र राज्यको अभिन्न अंग : प्रजिअ गौतम

 

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राज्य निर्माणको अभियानमा निजी क्षेत्रले खेलेको भुमिका महत्वपुर्ण भएकाले निजी क्षेत्र राज्यको अभिन्न अंग भएको बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघले सोमवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ गौतमले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएकाले कानुनको परिधि भित्र रहेर ब्यापार व्यवसाय गर्न समेत उनले आग्रह गरे ।

लगानीको वातावरण सृजना गर्ने काम राज्यको हो त्यसमा शान्ति सुरक्षा अपरिहार्य भएकोले ढुक्क भएर व्यवसाय गर्नोस त्यसमा सरकारको सहयोग रहनेमा उनको स्पष्ठ भनाई रहेको थियो ।

 

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले विकास निर्माणको क्षेत्रमा खेलेको भुमिका र यस क्षेत्रमा देखिएका समस्यहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष बावुराम गिरीले विकास निर्माणमा प्रशासनको भुमिका बारेमा चर्चा गरेका थिए भने संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले निजी क्षेत्र र सरकारका विचमा सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

 

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

You might also like

Comments are closed.