लेखनाथ क्षेत्रको समग्र विकासमा महोत्सवको योगदान

विनोद श्रेष्ठ, अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ महोत्सव लेखनाथको पहिचानसँग जोडिएको छ । यो महोत्सव लेखनाथबासीको लागि गौरवको पर्व पनि हो । सम्पूर्ण लेखनाथ बासीले अपनत्व लिएकै कारण महोत्सवले १९औं संस्करणसम्मको यात्रा गर्न सफल छ । वर्षेनी महोत्सव परिस्कृत र परिमार्जन हुँदै गइरहेको छ । यस पटक पनि महोत्सवलाई हामीले फरक र पृथक बनाउँदै केही परिस्कृत गर्ने प्रयास गरेका छौं ।

बिगतका वर्षहरुमा भन्दा अझै बढी दर्शकको रोजाईमा महोत्सव पर्नेमा हामी विश्वस्त छौं । लेखनाथ क्षेत्रको समग्र विकासमा यो महोत्सवले सकारात्मक योगदान गरेको मान्न सकिन्छ । आर्थिक चलायमान गराउन पनि यसले भूमिका खेल्दै आइरहेको छ । पछिल्लो समयमा मुलुकमा आर्थिक मन्दीले विषम परिस्थिति सिर्जना भएको छ । व्यवसायीहरु मारमा परेका छन् । यो समयमा आयोजित महोत्सवले व्यवसायीहरुमा पनि ऊर्जा ल्याउने काम गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

महोत्सवको उद्घाटन भव्य भएको छ । ५ सय ९६ वटा समूहका झाँकी महोत्सवमा सहभागी हुनु हाम्रो लागि गौरवको विषय पनि हो । मेला उद्घाटन जसरी भव्य भएको छ समापनको दिनसम्म मेलामा उत्साह कायम रहनेछ ।

महोत्सवमा सहभागी भइदिनुहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछु ।

lcci
You might also like

Comments are closed.