लेखनाथ । लेखनाथ महोत्सवको दोस्रो दिन पनि दर्शकको आकर्षण देखिएको छ । शुक्रबार २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।
त्यस्तै शुक्रबार महोत्सवमा ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको उनले जानकारी दिए ।
स्टेज कार्यक्रमको रमाइलोदेखि महोत्सवमा राखिएका विविध प्रकारका स्टलहरुले दर्शकलाई आकर्षण गर्न सफल भएको संघका महासचिव जानुका पराजुलीले बताइन् । ‘लेखनाथ महोत्सवको पहिचान भनेकै विविधता हो । यहाँको विविधताले दर्शकलाई आकर्षण गर्न सफल छ ।’
शनिबार राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने भएकाले दर्शकको भिड अझै बढ्ने आयोजकको विश्वास छ ।
पुस ५ गते सुरु भएको महोत्सव पुस १६ गतेसम्म चल्नेछ ।
Comments are closed.