पोखरा । उद्योगी व्यवसायीहरुका विच भाईचारा र व्यवसायीक एकताको सन्देश दिने उदेश्यले अन्तर संघको भ्रमणमा निस्कीएको कैलाली जिल्लाको टीकापुर उद्योग वाणिज्य संघको टोलीलाई शुुक्रवार लेखनाथमा स्वागत गरिएको छ ।
दुई संघका विचको गतिविधीका बारेमा आ आफना अनुभव साटासाट गर्ने उदेश्यका साथ निस्कीएको भ्रमण टोलीका विच सचिवालय व्यवस्थापन र मेला महोत्सवका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघको गतिविधी र यस क्षेत्रका ताल तलैयाँ एवंम पर्यटन विकासका पुर्वाधारका बारेमा जानकारी गराए ।
सोही अवसरमा टिकापुर उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले भम्रणले दुई संघका विच भगिनी सम्वन्ध देखि ब्यवसायीक हितका सवालमा साझा अवधारणाका साथ अगाडी वढ्न सकिने बताए ।
संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।






Comments are closed.