लेखनाथ महोत्सवमा आइतबार ६० लाखको कारोबार

लेखनाथ । लेखनाथ महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको छ । आइतबार २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । आइतबार महोत्सवमा ६० लाख रुपैयाँ बराबरको कारोबार भएको उनले जानकारी दिए ।

स्टेज कार्यक्रमको रमाइलोदेखि महोत्सवमा राखिएका विविध प्रकारका स्टलहरुले दर्शकलाई आकर्षण गर्न सफल भएको संघका महासचिव जानुका पराजुलीले बताइन् । ‘लेखनाथ महोत्सवको पहिचान भनेकै विविधता हो । यहाँको विविधताले दर्शकलाई आकर्षण गर्न सफल छ ।’

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन भइरहेका छन् ।

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

You might also like

Comments are closed.