लेखनाथ महोत्सव जारी, दर्शकको उत्साहजनक सहभागिता

लेखनाथ । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ संचालन भईरहेको १९औं संस्करणको लेखनाथ दर्शकको सहभागिता बढ्दै गएको छ । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहेको महोत्सवको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले बताए । बिहीबार १५ हजार दर्शकले महोत्सव अवलोकन गरेका र ६० लाख रुपैयाँ बराबरको कारोबार भएको सुवेदीले जानकारी दिए ।

राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरुले दर्शकलाई महोत्सवमा आकर्षित गर्न सफल भएको संघका महासचिव जानुका पराजुले बताइन् । ‘जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश भएको छ । महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न हामीले कुनै कसरत बाँकी राखेका छैनौं,’ उनले भनिन् ।

हरेक दिन साँझ मेला परिसरमा आयोजना हुने कन्सर्टले पनि युवाहरु लगायत दर्शकलाई आकर्षित गर्न सफल भएको संघका वरिष्ठ उपाध्यक्ष एवं मेलाका सहसंयोजक राजेन्द्र ओझा बताउँछन् । ‘हरेक दिन साँझ चर्चित ब्याण्डहरुको प्रस्तुत भइरहेको छ,’ उनले भने ।

स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धनमा समेत महोत्सवको योगदान सकारात्मक रहेको संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचायले बताए । ‘लेखनाथ महोत्सवमा उपस्थित दर्शकले स्वदेशी उत्पादनप्रति विशेष चासो दिएको पाइएको छ,’ उनले भने ।

पुष ५ गतेदेखि शुरु भएको महोत्सव पुष १६ गतेसम्म चल्नेछ ।

 

You might also like

Comments are closed.