लेखनाथ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको आज दोस्रो दिन करिव ७ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शुक्रबार ३० लाख रुपैयाँ बराबरको कारोबार भएको संघका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिएका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए ।
महोत्सवको तेस्रो दिन शनिबार दर्शकको उपस्थिति उत्साहजनक रहने आयोजकको विश्वास छ । शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिनेछन भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’ को प्रस्तुती रहने प्रथम उपाध्यक्ष एवं कलाकार व्यवस्थापन उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । साँझ कन्सर्टतर्फ सुनिल गिरी र रचना रिमालको विशेष प्रस्तुति रहनेछ ।
शुक्रबार महिला/आमा समुहका विच भएको हाजिरी जवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समुह सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुती राखेका छन् ।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सवमा ३३६ वटा स्टल छन् ।
Comments are closed.