लेखनाथ उद्योग बाणिज्य संघले बाबुराम गिरीलाई केन्द्रीय सदस्य उठाउने

 

लेखनाथ ।

नेपाल उद्योग बाणिज्य महासंघकोे ५४ औं बार्षिक साधारण सभा तथा महाधिबेसनमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीलाई प्रदेश केन्द्रीय सदस्य पदमा उठाईने भएको छ ।

संघको बुधवार बसेको कार्यसमितिको १२ औं बैठकले सर्वसम्वत रुपमा बि. सं श्राबण २६ र २७ गते काठमाडौंमा हुने महाधिवेसनमा गिरीलाई गण्डकी प्रदेश प्रतिनिधी केन्द्रीय सदस्य पदमा उठाउने निर्णय गरेको हो ।

जन्मथलो स्याङ्जा भई ब्यवसायीक रुपमा विगत दुई दशक देखि लेखनाथ क्षेत्रमा उद्योग ब्यवसाय संचालन गर्दै सामाजीक क्षेत्रमा कृयाशिल हुदैं वि. सं २०७०÷७२ मा संघको अध्यक्षको रुपमा परिचय कमाएका गिरीले नेपाल उद्योग बाणिज्य महासंघमा अघिल्लो कार्यकाल मेला समिति सदस्यको रुपमा रहेर काम गरेका छन् । गिरी लेखनाथ उद्योग बाणिज्य संघको वर्तमान वरिष्ठ सल्लाहकार हुन् ।

You might also like

Comments are closed.