ले फ्याबेक (Le Fabec)को छैटौं शाखा पोखरामा सन्चालन हुँदै

पोखरा । सम्पुर्ण प्रकारको कपडाहरू उपलब्ध गराउदै आएको काठमाडौंको गैरीधारामा मुख्य कार्यालय रहेको ले फ्याबेक(Le Fabec) ले नोभेम्बर १५ २०२५ (२०८२ कार्तिक २९) शनिबार बाट पोखराको सभागृह चोकमा आफ्नो छैटौं शाखा सञ्चालनमा ल्याउने भएको छ ।

फ्याबेकले यसअघि भरतपुर, बुटवल तथा काठमाडौं–ललितपुरमा गरी पाँचवटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। सबै उमेर समूहका पुरुष तथा महिलाका लागि, आकर्षक, उच्च गुणस्तरका कपडाहरू उपलब्ध गराउँदै आएको ले फ्याबेकले अब पोखरामा पनि आफ्नो सेवा विस्तार गर्न लागेको हो।

देशभरका उपभोक्तासम्म सहज रूपमा पुग्ने लक्ष्यका साथ ले फाबेकले आफ्ना ग्राहकहरूलाई सस्तो, भरपर्दो र गुणस्तरीय पहिरन उपलब्ध गराउने उद्देश्य राखेको छ। ग्राहकहरूको सुविधा र पहुँचलाई प्राथमिकता दिँदै, कम्पनीले होम डेलिभरी सेवा समेत सञ्चालन गरिरहेको छ।

नयाँ शाखा उद्घाटनसँगै ले फ्याबेकले नेपालको सम्पूर्ण भूभागमा आफ्नो उपस्थिति थप प्रभावकारी बनाउँदै जाने सन्चालक प्रसन्न घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.