लिपमोटर B10 टप भेरियन्टको मूल्य घट्यो, नयाँ मूल्य रु. ५४.९९ लाखमा पोखरामा उपलब्ध

पोखरा । पोखराको शिवचोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता एस.एस.एल. मोटर्स कम्पनी प्रा. लि. ले लिपमोटर  B10 टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट घटाएर रु. ५४.९९ लाख (अर्थात् साविकको मूल्यभन्दा रु. ५ लाख कम) कायम गरिएको छ ।

लिपमोटर  B10 धेरै सुविधाले भरिपूर्ण इलेक्ट्रिक एसयूभी हो जसलाई चालकका अत्यावश्यक अपेक्षाहरू पूरा गर्न र सोभन्दा पनि उत्कृष्ट अनुभव प्रदान गर्न विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ । सुरक्षाका लागि यसमा युरो एनक्याप Euro NCAP ५–स्टार सेफ्टी रेटिङ,, Level 2 ADAS र स्ट्यान्डर्ड स्पेयर टायर उपलब्ध छ । B10 मा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ जसले ६०० किलोमिटर (CLTC)सम्मको रेन्ज प्रदान गर्दछ भने १८० मिमी (mm) को ग्राउन्ड क्लियरेन्सले नेपालका विभिन्न सडकहरूमा ढुक्कसँग हाँक्ने आत्मविश्वास प्रदान गर्दछ । यसको प्रिमियम क्याबिनभित्र हिटेड र भेन्टिलेटेड सिटहरू, प्यानोरामिक सनरुफ र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी जस्ता सुविधा छन ।

लिपमोटर स्टेलान्टिसद्वारा समर्थित विश्वप्रसिद्ध ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन् । ब्रान्डको यो सफलता यसको १५ लाख भन्दा बढीको कुल विश्वव्यापी बिक्री र गत जुन महिनामा मात्रै डेलिभरी भएका ९३,३७६ युनिट गाडीले प्रमाणितगर्ने कम्पनीको दावी छ । लिपमोटरको विश्वका ४० भन्दा बढी देशमा फैलिएको १,७०० भन्दा बढी सेल्स तथा सर्भिसको नेटवर्क रहेको छ ।

 

You might also like

Comments are closed.