लीपमोटर टि०३ परीक्षणको लागि काठमाडौंमा

काठमाडौं । इलेक्ट्रिक गाडी (इभी) उद्योगमा नयाँ पहिचान बोकेको लीपमोटरले आफ्नो कम्प्याक्ट इलेक्ट्रिक गाडी लीपमोटर टि०३ लाई काठमाडौँमा परीक्षणको लागि ल्याएको छ। नेपालमा वातावरणमैत्री सवारी समाधानको लागि टि०३ को आगमनलाई महत्वपूर्ण कदम मान्न सकिने कम्पनीले जनाएको छ ।

प्युजो, सिट्रोएन, जीप, डज र माजेराती लगायत १४ प्रतिष्ठित ब्रान्डहरूको पोर्टफोलियो सहितको विश्वव्यापी अटोमोटिभ पावरहाउस स्टेलान्टिसको लगानी रहेको लीपमोटर टि०३ लाई साँग्रिला मोटर्सले नेपाली बजारमा ल्याइएको हो ।

हाल परीक्षणको प्रक्रियामा रहेको लीपमोटर टि०३ विशेषत शहरी र वातावरणमैत्री उपभोक्ताहरूको लागि डिजÞाइन गरिएको छ । नेपालमा दिगो र पहुँचयोग्य सवारीको लागि बाटो खोल्ने आशा कम्पनीले लिएको छ । नेपाली ग्राहकहरूको आवश्यकता र क्षमता अनुसारको आधुनिक इभीको रहर पूरा हुने उद्देश्य लिइएको कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.