लिपमोटर सि१० को टेष्ट ड्राइभ भिल्ला ७२ रेष्टुरेन्टमा मंसिर ३० देखि हुने

काठमाडौं । लिपमोटरको टेष्ट ड्राइभ कार्यक्रम हुने भएको छ । उत्तरढोका, काठमाडौंस्थित भिल्ला ७२ रेष्टुरेन्टमा मंसिर ३० देखि पुस ६ गतेसम्म टेष्ट ड्राइभ कार्यक्रम सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

टेष्ट ड्राइभ कार्यक्रममा सहभागीहरूले लिपमोटर सि१० इलेक्ट्रिक एसयुभीको लक्जरी अनुभव गर्ने अवसर पाउनेछन् । साँग्रिला मोटर्सले प्रिमियम सेगमेन्टको सि१० इभी एसयुभी नेपाली बजारमा भित्र्याएको हो । टेष्ट ड्राइभ गरी सि१० बारे ग्राहकले थप जानकारी लिन कार्यक्रम फलदायी हुने कम्पनीले विश्वास लिएको छ ।

लक्जरी र स्मार्ट फिचर्स मन पराउने ग्राहकलाई लक्षित गरी यो गाडी तयार गरिएको छ । यो गाडीमा ६९.९ किलोवाट आवरको लिथियम आइरन ब्याट्री जडान गरिएको छ । १६० किलोवाट मोटर पावर, र ३२० एनएम टर्कको क्षमता छ । गाडीले ४२० किमी रेन्ज प्रदान गर्छ । यसमा १९० मिमी ग्राउण्ड क्लियरेन्सको सुविधा छ । सिटी ड्राइभ, लङ ड्राइभ तथा अफरोड ड्राइभका लागि गाडी उपयुक्त रहेको कम्पनीको दावी छ ।

अटो सो २०२४ मा नेपाली बजारमा सार्वजनिक भएको यो गाडी देशभरका शोरुममा बिक्री तथा टेष्ट्र ड्राइभका लागि उपलब्ध भइसकेको छ । नेपाली बजारमा भित्रिएको छोटो समयमा नै नेपाली ग्राहकको विश्वास जित्न सि१० सफल भएको कम्पनीले जनाएको छ । ५ स्टार एनक्याप सुरक्षा मान्यता प्राप्त गरेकाले पनि यो गाडीमा उच्चस्तरीय सुरक्षा फिचर्स सुनिश्चित भएको दावी गरिएको छ ।

आफ्ना ग्राहकहरुको सुविधालाई पहिलो प्राथमिकतामा राखेर कम्पनीले सेवा प्रदान गर्ने साँग्रिला मोटर्सका डाइरेक्टर हेमन्त गोल्छाले प्रतिबद्धता व्यक्त गरेका छन् । बिक्री पछिको सेवालाई प्राथमकितामा राख्दै कम्पनी अगाडि बढिरहेकाले पनि ग्राहकको विश्वास जित्न सफल भएको उनको भनाइ छ ।

lcci
You might also like

Comments are closed.