काठमाडौं । ‘लिपमोटरसँग १ दिन’ नामक नयाँ अभियान सुरु भएको छ । ग्राहकको विद्युतीय सवारी अनुभव गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्न यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।
‘सामान्य १० मिनेटको टेस्ट ड्राइभले गाडीको वास्तविक अनुभव लिन वा महत्वपूर्ण खरिद निर्णय गर्न पर्याप्त हुँदैन भन्ने कुरा बुझ्दै, ब्रान्डले एक व्यावहारिक समाधान ल्याएको हो,’ विज्ञप्तिमा भनिएको छ । ग्राहकलाई आफ्नो छनौटमा पूर्ण विश्वस्त बनाउन, लिपमोटरले सम्भावित खरिदकर्ताहरूलाई एक दिनको लागि लिपमोटर घर लैजान सकिनेछ ।
यो पहलले ग्राहकलाई शोरुम नजिकै गरिने छोटो टेस्ट ड्राइभको सट्टा गाडीलाई आफ्नो वास्तविक दैनिक जीवनमा समावेश गर्ने अवसर दिने विश्वास गरिएको छ । गाडीलाई घर लगेर, कार्यालय जाँदा, किनमेल गर्न जाँदा र आफ्ना नियमित सडकहरूमा यात्रा गर्दा, चालकहरूले यो गाडी आफ्नो जीवनशैलीमा कसरी मेल खान्छ र स्थानीय सडकको अवस्थामा कस्तो प्रदर्शन गर्छ भन्ने अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।
विश्वभर १० लाखभन्दा बढी गाडीहरूको बिक्री र सन् २०२५ मा मात्रै ५ लाख ९६ हजार ५५५ युनिट डेलिभरी हुनुले यो ब्रान्डको सफलतालाई पुष्टि गर्दछ ।
यी गाडीहरू विश्वस्तरीय ऋब्त्ी ीँए ब्याट्री र लिपमोटरको आफ्नै अत्याधुनिक स्मार्ट एआई प्रविधिद्वारा सञ्चालित छन्, जसले ब्रान्डलाई ड्राइभिङको भविष्यको अग्रस्थानमा राखेको छ ।




Comments are closed.