पेशागत विमा अभिकर्ता संघ गठन

पोखरा । एल आई सी नेपालमा कार्यरत अभिकर्ताहरुको शुक्रबार लेखनाथमा भएको भेलाले भीमपाणि बरालको संयोजकत्वमा विमा अभिकर्ता संघ एल आई सी नेपाल शाखा समिति लेखनाथ गठन गरेको छ ।

बिमा क्षेत्रमा अग्रेणी भुमिका निभाउदै आएको एल आई सी नेपालको शाखा कार्यालय लेखनाथमा स्थापना भएपछिको अवस्थालाई मध्यनजर राख्दै बरिष्ठ अभिकर्ता बरालको संयोजकत्वमा ९ैं सदस्यीय शाखा समिति गठन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षमा प्रतिक्षा रानाभाट, सचिवमा प्रकाश राईभाट, कोषाध्यक्षमा वलवहादुर श्रेष्ठ, सह सचिवमा सुन्दर शर्मा पौडेल र सदस्यहरुमा रामजी बराल, धनकुमारी बराली,सुरक्षा पौडेल भटराई र कुल प्रसाद न्यौपाने रहेका छन् ।

कार्यक्रममा वोल्दै विमक संघ नेपालका केन्द्रिय सचिव तथा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले विमाको चेतनालाई ग्रामिण तहसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

एल आई सी नेपाल लेखनाथ शाखा कार्यालयका प्रमुख संञ्जिव खनाल, पेशागत विमा अभिकर्ता संघ शाखा समिति कास्कीका पुर्व अध्यक्ष रुक बहादुर गुरुङ, कन्द्रीय सदस्य रेखादेवी पोखरेल, कास्की शाखाका अध्यक्ष रामप्रसाद आचार्य लगायतले अभिकर्ताको पेशालाई सम्मानित वनाउदै अभिकर्ताको हक हितका सवालमा समितिले काम गर्दै जाने धारणा राखेका थिए ।

You might also like

Comments are closed.