बिमा बापतको ६९ लाख रुपैयाँ लालचनको परिवारलाई भुक्तानी

तनहुँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआइसी) दमौली शाखाले जीवन बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित स्वर्गीय सुरज लालचनको परिवारलाई एक कार्यक्रमको आयोजना गरी मंगलबार हस्तान्तरण गरिएको हो । मृतक लालचनले पाच वर्ष अघि ५० लाखको जीवन बिमा गरेका थिए ।

कम्पनीले हाल बोनस सहित ६९ लाख ५ हजार रकम दाबी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी मेनेजर गोबिन्द खड्का र नमराज क्षेत्रीले संयुक्त रुपमा स्वर्गीय लालचनकी धर्मपत्नी पम्फा राम्जाली लालचनलाई हस्तान्तरण गरेका हुन् ।

jutta mela

सुरजको गएको असोज १३ गते हृदयघातका कारण निधन भएको थियो ।

You might also like

Comments are closed.