धनुष सहकारीका सदस्य र कर्मचारीलाई लाइफ केयरमा ३० प्रतिशत छुट

पोखरा । पोखरामा रहेको धनुष बचत तथा ऋण सहकारी संस्था लि. र गण्डकी प्रदेशकै ‘क’ बर्गको एक मात्र ल्याब लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. न्युरोडबीच सहकार्य भएको छ ।

सहकार्यसँगै अब धनुष सहकारीका सम्पूर्ण सेयर सदस्य एवं कर्मचारीले लाइफ केयरमा ल्याब परीक्षण गराउँदा ३० प्रतिशत छुट पाउने सहमति भएको छ ।

सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कँडेल र सहकारीका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले शुक्रबार हस्ताक्षर गरेका छन् । लाइफ केयरसँग सम्झौता गरी सहकारीका कर्मचारी र सेयर सदस्यलाई ल्याब परीक्षणमा छुट उपलब्ध गराउन पाउँदा खुसी लागेको तिमिल्सिनाले बताए ।

You might also like

Comments are closed.