सहकारी संघको साधारण सभामा लाइफकेयरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

 

पोखरा । लाइफकेयर डाइग्नोष्टिक्स एण्ड रिसर्च सेन्टर पोखराले जिल्ला सहकारी संघ कास्कीको साधारण  सभामा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

पोखरा पार्टी प्यालेसमा भएको कार्यक्रममा सहभागीको मधुमेह तथा मृर्गौलाको परीक्षण निःशुल्क गरिएको जिल्ला सहकारी संघ कास्कीका शिक्षा तथा तालिम समितिका सदस्य शुक्रराज कडेंलले जानकारी दिए ।

jutta mela

गण्डकी प्रदेशका मन्त्री कुमार खड्काको आतिथ्यतामा तथा संघका अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका रजिस्ट्रार उदय बहादुर पराजुली बिशेष अतिथि थिए । कार्यक्रमको संचालन दीपक बास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.