लाइफकेयरमा डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने, लक्ष्मी बैंकसँग सहकार्य

पोखरा । डिजिटल माध्यममार्फत सेवा प्रवाह गर्ने उद्देश्यले पोखरामा रहेको लाइफ केयर डाइग्नोष्टिक प्रा.लि. र लक्ष्मी बैंकबीच सहकार्य भएको छ । सहकार्यका लागि सम्झौतापत्रमा ल्याबको तर्फबाट म्यानेजिङ डाइरेक्टर शुक्रराज कँडेल र बैंकको तर्फबाट अमरसिहं शाखा प्रमुख भोजराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै अब ल्याबमा परीक्षणको लागि आउने सेवाग्राहीले परीक्षण शुल्क भुक्तानी गर्दा डिजिटल माध्यममार्फत गर्न सक्ने कँडेलले जानकारी दिए । गण्डकी प्रदेशको एक मात्र ‘क’ वर्गको ल्याब लाइफकेयरले सेवाग्राहीको विश्वास जित्न सफल भएको उनले बताए ।

कोरोना महामारीसँगै कोरोना परीक्षण गर्ने आवश्यकता महसुस गरि ल्याबले कोरोना परीक्षण पनि गरिरहेको छ । यसले विशेष गरि गण्डकी प्रदेशका सेवाग्राहीलाई सहज भएको कडेंल बताउँछन् ।

बिहान साढे १० बजेदेखी दिउसो १ बजेसम्म परीक्षणका लागि स्वाव दिन सकिने र २४ घण्टामा रिपोर्ट आउनेछ । सेवाग्राहीले सिधैं ल्याबमा गएर परीक्षण गर्न सक्ने व्यवस्था ल्याबले गरेको छ ।

You might also like

Comments are closed.